८ कार्तिक २०८३, आइतबार

नेपाल एयरलाइन्सका अध्यक्षले मानसिक यातना दिएपछि कर्मचारी बेहोस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पटकपटक मानसिक यातना दिएका कारण निगमकै कर्मचारी देवराज ओझा बेहोस भएका छन् ।

ओझा कार्यकारी अध्यक्षकै कार्यकक्षमा बेहोस भएका हुन् ।

यसअघि नै पटकपटक कार्यकक्षमा अध्यक्ष अधिकारीले बोलाएर दुर्व्यवहार गरेकोमा सोमबार भने ओझा अचानक ढलेका थिए । उनलाई मोडेल अस्पतालमा लगिएको छ ।

बेहोस भएका ओझालाई नजिकै वीर अस्पताल हुँदाहुँदै अध्यक्ष अधिकारीले गाडीमा हालेर मोडल अस्पताल लगेका थिए । अधिकारीको हर्कत प्रति कर्मचारी आक्रोशित बनेका छन् ।

मोडलमा अधिकारीकी पत्नी कार्यरत रहेकाले षड्यन्त्रपूर्वक ल्याइएको भन्दै कर्मचारीले अहिले अस्पताल घेराउ गरेका छन् ।

अध्यक्ष अधिकारीलाई स्पष्टिकरण सोधिएको कुरा कर्मचारी ओझाले बाहिर लिक गरेको भन्दै ह्यारेस गरिएको कर्मचारीको आरोप छ ।

मिडियामा आएको समाचारका लिंक उनले कर्मचारी संघको मेसेन्जर ग्रुपमा हालेपछि अधिकारीले उनलाई बोलाएर मोबाइल खोस्ने तथा मानसिक यातना दिने काम गरेको कर्मचारीले जनाएका छन् ।