
काठमाडौँ, १९ वैशाख । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि ५ एआईजी र ११ डीआईजीसहित १९ पद एकै पटक रिक्त भएको छ ।
आइतबार आईजीपी शैलेश थापा, एआईजीहरु हरिबहादुर पाल, वसन्त पन्त, प्रद्युम्न कार्की र नीरज शाहीसहित १९ जनाले एकै साथ अवकाश पाएका हुन् ।
त्यस्तै, ईश्वर बाबु कार्की, प्रकाशजङ कार्की, घनश्याम अर्यालसहितका डीआईजीहरुले पनि अवकाश पाएका हुन् । दुई जना एसएसपीले पनि अवकाश पाएका छन् ।
उनीहरु सबैले एकै दिन २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए ।
हाल नेपाल प्रहरीमा १२ एसएसपीको दरबन्दी रिक्त रहेको छ । ति दरबन्दीहरुमा निर्वाचनपछि नियुक्त गरिने बताइएको छ ।
माथिल्ला दरबन्दीहरू पूर्ति हुँदै आएपछि एसएसपीमा रिक्त दरबन्दीको संख्या ३१ पुग्ने छ । यसै गरी डीआईजीमा १६ दरबन्दी रिक्त हुने छ ।
आईजीपी नियुक्तिमा असन्तुष्ट एआईजीहरु विश्वराज पाखरेलले र सहकुलकुमार थापाले अदालतमा निवेदन दिएका छन् ।















प्रतिक्रिया