८ कार्तिक २०८३, आइतबार

खम्बा चढेका गोकर्ण सोझै भुईंमा झरेपछि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १९ वैशाख । आफ्नो घरनजिकै रहेको बिजुलीको पोलमा चढेर तार मर्मत गर्ने क्रममा करेण्ट लागेर एक जनाको निधन भएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ का ४० वर्षीय गोकर्ण थापाको करेण्ट लागेर मृत्यु भएको हो ।

हिजो राति बिजुलीको पोलमा चढेर तार बनाउने क्रममा अचानक करेन्ट लाग्दा उनी पोलबाट खसेका थिए । भुईंमा खस्दा गम्भीर घाइते भएका थापालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

हाल उनको शव पोस्टमार्टमको लागि लगिएको छ । यसविषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।