२ कार्तिक २०८३, सोमबार

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

फिलिपिन्स, १९ वैशाख । क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय बिहान ५ बजे क्वेजोन शहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए। मृत्यु हुनेमा बालबालिकासहित छ जना छन् ।

आगलागीबाट करिब ८० घर जलेर नष्ट भएको र २५० परिवार प्रभावित भएको जनाइएको छ । आगलागीबाट बच्न केही बासिन्दाहरू जलिरहेको घरबाट हाम फालेर भाग्दा घाइते भएका छन्।
करिब दुई घण्टापछि दमकलले आगो निभाएको थियो ।

ब्युरोले आगलागीको कारण बारे आधिकारिक सूचना जारी गरेको छैन। –रासस