
-प्रतिक पौडेल
भैरहवा, १८ वैशाख । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले अहिलेको चुनाव श्रमजिवीवर्ग र पुजिपतीवर्ग बिचको लडाई भएको बताएका छन् ।
अन्तराष्ट्रिय श्रमिक दिवको अवशरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सिद्धार्थनगर नगरकमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले नेपालमा हुनगइरहेका चुनावहरुमा श्रमजिवी वर्गले कसलाई मतदान गर्छ त्यो महत्वपुर्ण रहेको बताए ।
लोकतन्त्र भनेकै जनताले आफुमाथी कसले शासन गर्ने भनेर चुन्ने ब्यवस्था भएको बताउदै भुसालले भन्नुभयो जहिले सम्म लोकतन्त्रमा श्रमिक वर्गले पुजिपतीवर्गका प्रतिनिधीहरुलाई मतदान गर्छन श्रमिक वर्ग जहाँ छन् त्यही रहने छन् र उनिहरुको हालत झन् खत्तम हुदै जाने छ ।
भुसालका अनुसार श्रमिक आन्दोलन राम्री अगाडी बढ्न नस्कनुको एउटा कारण श्रमिकवर्गले आफ्ना प्रतिनिधी र पार्टीहरु नचिन्नु र नबुझ्नु पनि हो । भुसालले श्रमिकले आफ्ना प्रतिनिधी र पार्टीलाई नचिन्ने र भोट आर्कालाई हालेपछि पुजिपतीहरु ठुलो हुने र उनिहरुकै अनुकुलताका कानुन बन्ने बताए ।
भुसालले श्रमिक वर्गले आफ्ना प्रतिनिधीहरु नचिन्दा श्रमिकका कानुन र व्यवस्था नबन्ने भन्दै अहिलेको चुनाव कुनै ब्यक्तीको नभएर श्रमिक र पुजिपती वर्ग बिचको भएको बताए ।
भुसालले नेपालको संविधान २०७२ मा पनि श्रमिकवर्गहरुको लागी भनेर सबै नेपालीहरुको लागी कामको ग्यारेण्टी गरिने कुरा सुनिश्चित गरिएको बताए । राज्यले काम दिन नसके भत्ता लगायतका अन्य ब्यवस्था गरिदिने भनेर संविधानमा लेखिएको बताउदै भुसालले संविधानमा काम पनि मानवोचित हुने भनिएको बताए ।
नेपालको संविधानमा श्रमजिवीवर्गका कुराहरु लेखिनुको मुख्य कारण श्रमजिविवर्ग, उनिहरुको आन्दोलन र उनिहरुको प्रतिनिधी पार्टी कम्युनिष्ट पार्टी भएको बताउदै भुसालले नेकपा एमाले अगुवा भएर मात्रै श्रमजिवीवर्गका कुराहरु संविधानमा लेख्न सकिएको बताए ।















प्रतिक्रिया