
-विवि श्रेष्ठ
म्याग्दे, १८ वैशाख । स्थानीय तहको निर्वाचनको नजिकिसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दे गाँउ कमिटीले पनि चुनावी अभियान तीव्रताका साथ अघि वढाएको छ ।
निर्वाचन आयोगमा दल र उम्मेदवारी दर्ता भएसँगै म्याग्दे गाँउपालिकामा चुनावी अभियानलाई तिव्रता दिइएको नेकपा एमाले म्याग्दे गाँउपालिकाका अध्यक्ष वसन थापाले जानकारी दिए ।
चुनावी अभियानको शुभारम्भ गर्दे नेकपा एमाले तनहुँका अध्यक्ष एवं नेकपा एमालवाटे म्याग्दे गाँउपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले म्याग्देका जनताले परिवर्तन चाहेको बताए । अबको नेतृत्व नयाँ युवा पुस्तामा आउनुपर्दछ, यसले मात्र समाजमा सकारात्मक प्रभाव र परिवर्तन सम्भव छ । अध्यक्षका उम्मेदवार श्रेष्ठले भने ।
गएको स्थानीय तहको निर्वाचनमा जितेर गएका साथीहरुले गाँउपालिकामा केही उल्लेखनिय काम गर्न सक्नुभएन । अब नेकपा एमालेको नेतृत्वमा हामी अगुवाई गर्दछौ । यसका लागि हाम्रो अभियान तिव्रताका साथ अगाडी वढाएका छौ, अध्यक्षका प्रत्यासी श्रेष्ठले वताए ।

नेकपा एमाले वाहेक अन्य राजनैतिक दलले परिवर्तन र विकास गर्न सक्दैन, जुन अहिलेको कार्यकालमा पनि देखियो । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनताको आधारभूत आवश्यकता समेत पुरा गर्न सकेन । त्यसैले अबको परिवर्तनको नेतृत्व एमालेले गर्दछ, श्रेष्ठले भने ।
कार्यक्रममा नेकपा एमालेका तर्फवाट उपाध्यक्षका उम्मेदवार रत्नादेवी घिमिरेले शुसासन र सम्वृद्धि नै एमालेको मुलमर्म भएको बताए । गाँउपालिकाको प्रतिपक्षमा बसेर पनि हामीले जनताको धेरै माग उठान गरयौ, त्यो पुरा भएन । अब आफनै नेतृत्वको सरकारले मात्र जनचाहनाको विषय पुरा गर्ने भएको हुँदा नेकपा एमालेलाई जिताउन आग्रह गरे ।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फवाट प्रमुखमा विजयी माया राना र उपप्रमुखमा विजयी वालकृष्ण घिमिरे नै अहिलको प्रमुख र उपप्रमुखका उम्मेदवारका हुन् भने नेकपा एमालेबाट हाल उम्मेदवार बनेका श्रीप्रसाद श्रेष्ठ र रत्नादेवी घिमिरे यसअघि पनि चुनावी प्रतिष्पर्धी थिए ।
















प्रतिक्रिया