
-वि वि श्रेष्ठ
व्यास, १८ वैशाख । क्यान महासंघ गण्डकी प्रदेशको आयोजनताा राष्ट्रिय संचार तथा सुचना प्रविधि दिवशको अवसरमा तनहुँको दमौलीमा एकदिने डिजिटल प्रविधि सम्वन्धी कार्यक्रम भएको छ ।
क्यान तनहुँका अध्यक्ष तुलसीराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको उक्त एकदिने कार्यशाला गोष्ठि कार्यक्रम क्यान महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवरले उद्घाटन गरेका थिए ।
राष्ट्रिय संचार तथा प्रविधिका वारेमा गण्डी प्रदेश स्तरीय कार्यशाला गोष्टीमा वोल्दै प्रमुख अतिथी नवराज कुवँरले प्रविधिले विश्वमा धेरै फड्को मारेता पनि नेपालमा भने यसको प्रयोग र महत्वको वारेमा अझै पनि जानकारी नहुनु दुःखद भएको वताए ।
अवको युग डिजिटल युगको भएको हुँदा क्यानले आम जगतलाई यसको महत्वको वारेमा वुझाउन भुमिका खेल्नुपर्ने वताए । प्रविधीको अपरिहार्यता र यसको सही सदुपयोगले जीवन नै सहज वनाएको चर्चा गर्दे नेपाल दुरसंचार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले प्रविधि विनाको जीवन सफल नहुने वताए । यसको विभिन्न आयाम छन् । जसको पुर्णता यसको प्रयोग सँगसँगै विस्तारै हुँदै जाने पनि वताए ।
कार्यक्रमका अतिथीहरुले संचार र यसका दायराको वारेमा वोलेका थिए । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, क्यान महासंसका पुर्व केन्द्रिय सदस्य अशोक वहादुर राना लगायतले सुचना र प्रविधिका महत्वको वारेमा प्रकाश पारेका थिए । कार्यक्रममा गण्डकी प्रदेश भरका टेक्नोलोजि सम्वन्धी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
















प्रतिक्रिया