८ कार्तिक २०८३, आइतबार

‘भोट माग्न आउने उमेदवारलाई ‘करारनामा’मा हस्ताक्षर गराऔँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले घरघरमा भोट माग्न आउने नेताहरूसँग नागरिकले ‘करारनामा’ गरेर राख्नुपर्नेमा जोड दिएका छन् । लोकतन्त्र र जवाफदेहिताको संदेश दिन आफ्नो टिमले यो अभियान थालेको उनको भनाइ छ ।

आइतबार उनले सामाजिक सञ्जालमा ‘करारनामा’को खाका समेत प्रस्तुत गरेका छन् । सोही लिखतको आधारमा निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्नुपर्नेमा उनको जोड छ ।

उनले सामाजिक संजालमा लेखेको र सुरु गरेको अभियान

निर्वाचन नागरिकलाई सार्वभौम र स्वतन्त्र बनाउने अभियान हो। यसले नागरिकलाई विवेकपूर्ण तरीकाले आफूले चाहेको विकास र परिवर्तनको काम गर्न सक्ने योग्य र ईमान्दार जनप्रतिनिधि चयन गर्ने र उनीहरूको वाचा र काम प्रति वस्तुनिष्ठ निगरानी राख्ने अवसर दिन्छ। त्यसैले स्थानीय तहको चुनावमा भोट माग्न आउने सबै उम्मेदवारहरूले गर्ने बाचाहरूलाई लिखितम् गरी राखौँ।

यसै लिखतको आधारमा निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गरौँ। यसले जनप्रतिनिधिलाई जबाफदेही र नागरिकलाई कर्तव्यनिष्ठ बनाई लोकतन्त्रलाई बलियो, नतिजामुखी र दिगो बनाउँछ।

त्यसैले हामी सबैले भोट माग्न आउने उम्मेदवारहरूसँग संलग्न नमुना बमोजिम लिखित करारनामा गरौँ।

पाण्डेको लिखत पढ्नोस्–