८ कार्तिक २०८३, आइतबार

झापाका दुई सदस्य निर्विरोध निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १७ वैशाख । झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेमा नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएकी मेचीनगर नगरपालिका–११ का रञ्जिता नेपाली रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी नेपाली कांग्रेसबाट कचनकवल गाउँपालिका–४ की दलित महिला वडा सदस्य विजली दास निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ दुवै जनाका प्रत्यासी उम्मेदवार नभएका कारण निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताउनुभयो ।

दलित महिला सदस्य निर्विरोध

दमौली– तनहुँको देवघाट गाउँपालिकास्थित एक वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित हुनुभएको हो ।

उक्त वडाको दलित महिला सदस्यमा मनमाया विकको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो । एकल उम्मेदवारी परेकाले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको थापाले बताउनुभयो । रासस