८ कार्तिक २०८३, आइतबार

कास्कीमा पोखरासहित सबै पालिकामा राप्रपा नेपालले एमालेलाई सघाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । कास्कीका स्थानीय तहमा नेकपा एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले सघाउने भएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपालले सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय जानकारी गराएको छ ।

यसअघि पोखरा महानगरपालिका सहित, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार उठाएको थियो ।

चार पालिकाको उम्मेदवार एमालेलाई सघाउने निर्णय भएपछि फिर्ता बोलाइएको राप्रपा नेपालका केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकामा भने एकल रूपमा लड्ने बताइएको छ ।