
मकवानपुर, १७ वैशाख । नेकपा एमाले मकवानपुरले आइतबार हेटौँडामा विशाल आमसभा गर्ने भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित गरेर एमालेले आमसभा गर्न लागेको हो ।
एमाले मकवानपुरले शनिबार पत्रकार सम्मेलन गर्दै आइतबार शक्ति प्रदर्शनसहित बृहत् आमसभा गर्ने जानकारी दिएको हो ।
नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय चुनावी सभा तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हेटौँडा–४ को हुप्राचौरमा आमसभा आयोजना गर्ने तयारी गरेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जनाएका छन् ।
आमसभामा जिल्लाको १० वटै स्थानीय तहबाट ४० हजारभन्दा बढी जनता उतार्ने श्रेष्ठले बताए ।















प्रतिक्रिया