
काठमाडौँ, १७ वैशाख । रुपन्देहीको भैरहवास्थित गौतमवुद्ध विमानस्थलमा वुद्ध एयरको जहाजको टायर पड्किेपछि उडान र अवतरण अवरुद्ध भएको छ ।
भैरहवाबाट काठमाडौँ गएको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालयले दैनिक नेपाललाई जानकारी दिएको छ ।
जहाजमा ७० जना यात्रु भएको प्राधिकरणले जनाएको छ । हाल टायर पड्किएको जहाज विमानस्थलको धावनमार्गमा रहेको छ भने उडानहरुलाई डाइभर्ट गरिएको छ ।
बुद्ध एयर जहाज टेक्निकल जाँचका क्रममा रहेको जनाएको छ ।















प्रतिक्रिया