२ कार्तिक २०८३, सोमबार

काबुलमा बम विस्फोट हुँदा १० जनाको मृत्यु, १५ जना भन्दा बढी घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बम बिस्फोटपछि घाइते भएकाको उपचार गरिँदै । तस्वीर : स्काइन्यूज

काबुल, १७ वैशाख । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ भने १५ जना भन्दा धेरैको मृत्यु भएको छ ।

काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका विस्फोट भएको समाचार एजेन्सीहरूले जनाएका छन् । घटनामा १५ जना भन्दा धेरै घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रबार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।