८ कार्तिक २०८३, आइतबार

व्यास नगरलाई समृद्ध बनाइनेछः दीपकराज जोशी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विवि श्रेष्ठ

तनहुँ, १६ वैशाख । स्वतन्त्र समुहबाट व्यास नगरपालिकाका मेयर पदमा उम्मेदवार दिएका दीपकराज जोशीले व्यास नगरलाई समृद्ध बनाइने बताएका छन् ।

राजनैतिक केन्द्रको रुपमा रहेको तनहुँ त्यहाँमाथि पनि व्यास नगरपालिका अझै पनि पुरानै युगमा हुनु नेतृत्वको असक्षमता भएको समेत उनले बताए । तनहुँका सदरमुकाम दमौलीमा अझै पनि दमकल नहुनुले व्यास नगरपालिकाको शिर निहुरेको समेत उनले बताए ।

नेकपा एमाले तनहुँसँग चुनावी तालमेल गरेर चुनावमा होमिएको दीपकराज जोशीले अब तनहुँको जनताले परिवर्तन चाहेको हुँदा आफूले जित्ने दावी समेत बताए । सधैँ एउटै असफल व्यक्ति जनताले चाहेका हैनन्, त्यसको जवाफ जनताले अवको चुनावमार्फत दिने समेत उनले बताए ।

त्यसैगरि व्यास नगरपालिकाका नेकपा एमाले तर्फका उपमेयर वसुन्धरा घर्तिले वर्तमान नगरप्रमुख असफल सिद्ध भईसकेको समेत वताए । सधै असफल व्यक्तिको शासनले जनतामा वितृष्णा जागेको हुँदा अब व्यास नगरमा एमालेको झण्डा फहरिने समेत उनले बताए ।

त्यसैगरि कार्यक्रममा नेकपा एमाले तनहुँका उपसचिव प्रदिपराज अधिकारीले व्यासनगरका मेयर वैकुष्ठ न्यौपाने पुर्ण रुपमा असफल भएको बताए । ठूला ठूला योजना र कार्यक्रममा समेत मेयरले उपेक्षा गरेर सिङ्गो तनहुँबासीको भविष्यसँग खेलवाड गरेको समेत उनले बताए । व्यास नगरपालिकामा जोशी समूहको मेयर र नेकपा एमालेसँग उपमेयर लिने गरि चुनावी तालमेल भएको छ ।