८ कार्तिक २०८३, आइतबार

देउवाले पाँच बजेपछि मेयरको उम्मेदवारी फिर्ता भएको पत्र पठाएपछि सर्लाहीमा तनाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्रका कारण सर्लाहीको लालबन्दीमा तनाव भएको छ ।

कांग्रेसका नेता कार्यकर्ताहरुले पुरानो नगरपालिका कार्यालयमा खोलिएको निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेका छन् ।

लालबन्दी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी शुक्रबार साँझ निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएपछि तनाव उत्पन्न भएको हो ।

देउवाको पत्रका कारण कांग्रेसका नेता कार्यकर्ताहरु आक्राशित हुँदै प्रदर्शन गरेका हुन् । कार्यकर्ताहरुले देउवाले साँझ ५ बजेपछि पत्र पठाएको र आयोगले अन्तिम नामावली सार्वजनिक गरिसकेको भन्दै विरोध गरेका हुन् ।

लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजेपछि प्रकाशित गरेको नामावलीमा कांग्रेसको मेयरका उम्मेदवार बासुदेव अधिकारीको नाम उल्लेख छ ।

अन्तिम नामावली प्रकाशित भइसकेको अवस्थामा उम्मेदवारी फिर्ता हुने अवस्था नभएको भएपनि देउवाले पत्र पठाएपछि भने तनाव सिर्जना गरेको हो ।

शुक्रबार साँझ मात्र लालबन्दीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमति भएको छ ।

बाहिर नाराबाजी भइरहेको र भित्र कांग्रेसका स्थानीय नेताहरुले निर्वाचन अधिकृत विनोद श्रेष्ठसँग छलफल गरिरहेका बताइएको छ ।

जिल्ला निर्वाचन अधिकृत श्रेष्ठले भने देउवाको पत्र ५ बजेपछि मात्रै आएको जनाएका छन् ।

आयोगले देउवाको पत्र ५ बजेपछि मात्रै आएको र विवाद त्यसैमा उत्पन्न भएको स्पष्ट पारेको छ ।

यस्तो छ देउवाले पठाएको पत्रः