२ कार्तिक २०८३, सोमबार

राष्ट्रसंघ प्रमुखको भ्रमणका क्रममा रुसी हमलामा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कीभ, १६ वैशाख । युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ।

हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष खोज्न र हटाउन जारी राखेका उद्धारकर्ताहरूले भर्खरै मात्र आक्रमणमा मारिएका एक व्यक्तिको अवशेष फेला पारेका छन्, कीभका मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत जनाएका छन् । –रासस