८ कार्तिक २०८३, आइतबार

बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल हुने सहमति भएको छ ।

सहमतिअनुसार मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने भएको हो । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेले समर्थन गरेका छन् ।

यो सहमतिपछि बागलुङको मेयरमा राप्रपा उम्मेदवार सञ्जु नेपाली र उपमेयरमा एमाले उम्मेदवार पवित्रा रोकाले मनोनयन फिर्ता लिने भएका छन् ।