८ कार्तिक २०८३, आइतबार

सबै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्‍न आयोगको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ ।

मतगणनालाई पारदर्शी सुरक्षित र अभिलेखिकरणका लागि समेत उपयुक्त हुने ठहर गर्दै आयोगले अनिवार्य सीसी क्यामेरा जडान गर्न निर्देशन दिएको हो ।

आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र गरिसकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जनाए ।

कतिपय स्थानमा सीसी क्यामेरा राख्न आनाकानी भएको जनाउँदै आयोगले निर्णय कार्यान्वयनका लागि निर्देशन गरेको हो ।

आयोगले आज उम्मेदवारहरुको अन्तिम नामवली सार्वजनिक गर्ने जनाएको छ ।