
काठमाडौं, १६ वैशाख । मुस्ताङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ सेल्फिडाँडास्थित सडकमा ना.५ ख २१४९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय निङ राम गुरुङको बिहीबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मुक्तिनाथबाट जोमसोमतर्फ जाँदै गरेको उक्त बसले ग.७ प २५७२ नम्बरको स्कुटर र पैदलयात्री समेतलाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका बसमा सवार ३५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने स्कुटर चालक उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, खैरहनी नगरपालिका.८ मगनी गाउँस्थित भित्री सडकमा टुंगराबाट पर्सातर्फ जाँदै गरेको बागमती प्रदेश ०३.०१ ह १६२१ नम्बरको अटो आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा अटो चालक सोही नगरपालिका ९ बस्ने ३५ वर्षीय लक्ष्मण बछाईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया