८ कार्तिक २०८३, आइतबार

गगन थापालाई ओलीको जवाफः ट्युसन सेन्टर खोल्ने भए बालकोटमा मिलाइदिन्छु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कांग्रेसका महामन्त्री गगन थापाको कटाक्षको जवाफ दिएका छन् ।

ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु भन्ने थापाको अभिव्यक्तिको जवाफ दिँदै एमाले अध्यक्ष ओलीले ट्युसन सेन्टर खोल्ने भए बालकोटमा ठाउँ मिलाइदिने जवाफ दिएका छन् ।

बिहीबार एमालेको काठमाडौँ महानगर कमिटीले कार्यक्रममा अध्यक्ष ओलीले थापाको नाम नलिई भने, ‘ट्युसन सेन्टर खोल्न आउने हो भने बालकोटमा मिलाइदिन्छु ।’

‘पहिले बागबजारमा ट्युसन सेन्टर राखेर अनुभव भएकाले लाभदायक हुन्छ भन्ने लागेको होला,’ ओलीले भने, बालकोटमा पनि खोल्छु भने छन् । मैले कहाँ रोकेको छु र !’

एमालेको घोषणापत्रको कपि गरेकोमा ओलीले अभिव्यक्ति दिएका थिए ।