८ कार्तिक २०८३, आइतबार

रात्रिकालीन उडानप्रति हवाई कम्पनीहरुको विरोध, भोलिदेखि आन्तरिक उडान बन्द गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । हवाई कम्पनीहरुले रात्रिकालीन आन्तरिक हवाई उडानको विरोध गरेका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति वायुसेवा सञ्चालक संघ (एओन) ले विरोध जनाएको हो ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफुहरुलाई अमान्य भएको बताएको हो ।

क्यानले हिजो वैशाख १४ गते पत्र काट्दै हवाई कम्पनीहरुलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा, रात्रिकालीन सेवा समेत हुने गरी उडान सेवा सञ्चालन गर्न उडान सम्बन्धि नयाँ स्लट पठाएको स्लटप्रति आपत्ति जनाउँदै संघमा आवद्ध वायुसेवा कम्पनीहरु बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले उक्त निर्णय तत्काल सच्याउन र यसअघिको वैशाख ३ गतेकै उडान स्लट कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

निर्णय नसच्यिए वैशाख १६ गतेदेखि हवाई उडान बन्द गराउने चेतावनी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्तिः