८ कार्तिक २०८३, आइतबार

स्थानीय तह निर्वाचनमा १ लाख ५३ हजारको उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १छ वैशाख । स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगले अहिलेसम्म एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको जनाएको हो।

जसमा प्रमुखमा ३ हजार ५१०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार एक सय ६८, उपाध्यक्षमा २ हजार ४०१ जना, वडाध्यक्षमा ३५ हजार ३५३ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै महिला सदस्यमा २६ हजार ५३२, दलीत सदस्यमा २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। आयोगका अनुसार अहिलेसम्म ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ। हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भएको छ।