८ कार्तिक २०८३, आइतबार

दोलखामा गठबन्धनको विरोध गर्दै कांग्रेसका सभापतिसहित वडा कमिटी नै एमाले प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १५ वैशाख । गठबन्धनका दलहरुका नेता कार्यकर्ताहरुबीच बेमेलको क्रम बढ्दो छ ।

यसै क्रममा दोलखाको कालिञ्चोक गाउँपालिकामा कांग्रेसका वडा सभापतिसहित वडा कमिटीका सबै नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्कीसहित ३८ जना नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

लामिडाँडामा वुधबार आयोजित एक कार्यक्रमकाबीच उहाँहरुलाई एमाले पोलिटव्युरो सदस्य आनन्द पोखरेल, वागमती प्रदेश कमिटीका नेता लालकुमार केसी, डबल पाण्डे, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले पार्टीमा स्वागत गरे ।