७ कार्तिक २०८३, शनिबार

भरतपुरमा गठबन्धनका बागी उम्मेदवार पौडेल ब्याक नहुने, रेणु दाहाललाई चुनौति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेल ब्याक नहुने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म ब्याक गराउन कन्भिन्सका लागि पुगेका थिए ।

तर कांग्रेसका पुराना हस्ती तथा चर्चित व्यक्ति कृष्णलाल सापकोटालगायतको समर्थन पाएका पौडेलले आफू कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बरु रेणु दाहाललाई ब्याक गराउन सुझाव दिएको बताएका छन् ।

चुनाव चिन्ह पाएपछि शनिबारदेखि चुनाव प्रचारमा हिँड्ने बताएका उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालका लागि चुनौति बन्ने निश्चित भएको छ ।

‘कांग्रेसका नेता कार्यकर्तादेखि ठूलो मत पौडेलको पक्षमा छ। कार्यकर्ताको बलमा नै उनले उम्मेदवारी दिएका हुन्, ब्याक हुने कुरै छैन’, स्थानीय नेता भन्छन्,‘फिर्ता लिए कांग्रेसको जग र नैतिकतामा नै प्रश्न उठ्ने छ ।’