२ कार्तिक २०८३, सोमबार

रुस–युक्रेन युद्धमा हस्तक्षेप नगर्न राष्ट्रपति पुटिनको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १५ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

सेन्ट पिटर्सबर्गमा रुसी सांसदहरूसँग कुरा गर्दै पुटिनले युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि मुलुकलाई बिजुलीको गतिमा जवाफ दिने चेतावनी दिएका छन् । पुटिनले रुसका लागि रणनीतिक खतरा सिर्जना गर्ने प्रयास गरे सशक्त जवाफ दिने बताए ।

रुससँग व्यालेस्टिक मिसाइल र आणविक हतियार रहेको तर्फ संकेत गर्दै पुटिनले आवश्यक परे तिनीहरुको प्रयोग गर्ने पनि बताएका छन् । फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण शुरु गरेको केही दिनमै रुसी राष्ट्रपति पुटिनले सेनाको आणविक प्रतिरोधी बललाई उच्च सतर्कतामा राख्न आदेश दिएका थिए ।

विश्लेषकहरूले यस्ता धम्कीहरू युक्रेनका सहयोगीलाई द्वन्द्वमा थप हस्तक्षेप नगर्न चेतावनी दिन पुटिनले गरेको प्रयास भएको टिप्पणी गरेका छन् । पछिल्लो समय युक्रेन युद्ध लम्बिँदै जाँदा अमेरिकालगायतका पश्चिमा मुलुकले हतियार आपूर्ति बढाएका छन् ।

गत हप्ता रुसले राजधानी किभ वरपरका क्षेत्रबाट पछि हटेर पूर्वी डोनबास क्षेत्र कब्जा गर्न ठूलो आक्रमण शुरु गरेको थियो । एजेन्सी