आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

गुजरात टाइटन्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा

दैनिक नेपाल २०७९ वैशाख १५ गते ८:०४

मुम्बई, १५ वैशाख । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स शीर्ष स्थानमा फर्किएको छ ।

आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ५ विकेटको जित निकाल्दै गुजरात शीर्ष स्थानमा फर्किएको हो । १९६ रनको लक्ष्य गुजरातले अन्तिम ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

उसका लागि रिद्दीमन शाहले ६८ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै राहुल टिवेटिया ४० र राशिद खान ३१ रनमा अविजित रहे । हैदराबादका उमरन मलिकले ५ विकेट लिए ।

यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गर्दै हैदराबादले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १९५ रन बनाएको थियो ।

हैदराबादका अभिषेक शर्मा ६५ तथा एडेन मारक्रम ५६ रनमा आउट भए । गुजरातका मोहम्मद सामीले ३ विकेट लिए । जितसँगै गुजरातले ८ खेलबाट १४ अंक जोडेको छ ।

उता समान खेलबाट १० अंकसहित हैदराबाद तेस्रो स्थानमा छ । आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच खेल हुने छ ।

प्रतिक्रिया
सम्बन्धित