
काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा विभेद भएको निष्कर्ष निकालेको छ ।
कोइराला पक्षले टिकट वितरणमा भएको विभेदलाई निर्वाचनपछि पार्टीमा प्रश्न गर्ने भएको छ ।
बुधबार विहान नेता कोइरालाले विज्ञप्तिमार्फत विभेदबारे उल्लेख गरे भने आजै दिउँसो महामन्त्री गगन थापाले एक सार्वजनिक कार्यक्रममा बोल्दै टिकट वितरणमा विभेद भएको आशय व्यक्त गरे ।
उनीहरुले सक्षम व्यक्तिलाई टिकट नदिइएको र फरक पक्षको भएकै कारण विभेद गरिएको कोइराला पक्षको निष्कर्ष छ ।
सो पक्षले निर्वाचन सकिएलगत्तै विभेदको मुद्धाले पार्टीमा प्रमुखता पाउने महामन्त्री थापा बताउँछन् । ‘कतिपय ठाउँमा नियत पनि खराब राखिएको छ, प्रतिशोध साँध्ने हिसाबले व्यवहार भएको छ’ थापाले बुधबार काठमाडौंमा पार्टीको सम्पर्क समितिको कार्यक्रममा भने, ‘खराब आचरणका कारणले पनि प्रतिशोध राखिएको छ । यी सबै विषयलाई हामी बेवास्ता गर्न सक्दैनौंं ।’















प्रतिक्रिया