
काठमाडौँ, १४ वैशाख । सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन विदा दिर्ने निर्णय गरेसँगै अब शिक्षण संस्थाहरुमा पनि लागू हुने भएको छ ।
मन्त्रिपरिषद बैठकको निर्णयअनुसार जेठ १ गतेदेखि लागू हुनेगरी साताको दुई दिन विदा दिने निर्णय विद्यालय र क्याम्पसहरुमा पनि लागू हुने भएको छ ।
विद्यालयका कक्षाहरु पनि विहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुने एक मन्त्रीले दैनिक नेपाललाई बताएका छन् ।
यद्यपि शिक्षा मन्त्रायले अध्ययनमा बाधा नपरोस् भन्दै अन्य सार्वजनिक विदा कटौती गर्ने जनाएको छ ।















प्रतिक्रिया