
काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसका नेता बालकृष्ण खाण चितवन भरतपुरका बागी उम्मेदवार फकाउन भरतपुर पुगेका छन् ।
भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएका छन् ।
पौडेलसँग डिल गर्न सभापति शेरबहादुर देउवाको निर्देशनमा खाण चितवन पुगेका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुशी बनाउने उनकी पुत्री रेणु दाहाललाई जिताउन देउवासहितको टिम कोसिसमा लागेको हो ।
यद्यपि एमालेका मेयरका उम्मेदवार विजय सुवेदीलाई राप्रपाको साथ रेहपछि भने रेणुलाई भारी पर्ने स्थानीयबासीहरुको विश्लेषण छ ।















प्रतिक्रिया