
काठमाडौँ, १४ वैशाख । पछिल्लो २४ घन्टामा देशभर थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार ११ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ८९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
चार हजार ११९ जनाको पिसिआर र एक हजार ७७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर २५२ जना सक्रिय संक्रमित छन्।















प्रतिक्रिया