
काठमाडौँ, १४ वैशाख । निर्वाचन आयोगले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टिकरण सोधेको जनाएको छ ।
मन्त्री झाँक्री आयोगबाट अनुमति नलिई विदेश भ्रमण गएकोमा स्पष्टिकरण सोधेको हो ।
आयोगमा उजुरी परेपछि गरिएको अनुसन्धानमा मन्त्री झाँक्री आचारसंहिता लागू भएपछि विदेश भ्रमणमा गएको पुष्टि भएको आयोगले जनाएको छ ।
मन्त्री झाँक्रीले आयोगलाई पठाएको स्पष्टिकरणको जवाफ प्राप्त भएको बताइएको छ । जवाफ चित्त नबुझे झाँक्रीलाई आयोगले बोलाएरै स्पष्टिकरण सोध्ने बताइएको छ ।















प्रतिक्रिया