२ कार्तिक २०८३, सोमबार

रुससँग लड्न युक्रेनलाई जर्मनीले दियो ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्लिन, १४ वैशाख । जर्मन सरकारले युक्रेनलाई करीब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ ।

युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका वर्लिनको सो निर्णय आएको हो ।

यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि अमेरिकाले युक्रेनलाई रुसी सेनाको प्रतिकार गर्न थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो ।

यसैबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन् ।