७ कार्तिक २०८३, शनिबार

हेटौँडामा यसकारण एमाले बलियो, गठबन्धनमा गडबढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । वागमतीको राजधानी समेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनमा विवाद छताछुल्ल भएको छ ।

गठबन्धनका दलहरुका शीर्ष नेताले हेटौँडाको मेयरमा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो । जसअनुसार गठबन्धनबाट यसअघि उपमेयर निर्वाचित मीनाकुमारी लामाले उम्मेदवारी दर्ता गराएकी छन् ।

एमाले विभाजनबाट एकीकृत समाजवादीमा लागेकी लामाको उम्मेदवारीमा गठबन्धनकै प्रमुख पार्टी कांग्रेसले घोर विरोध गरेको छ ।

मेयरको उम्मेदवारको विरोधमा कांग्रेसका नेता कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । कांग्रेसले उपमेयरमा उम्मेदवारी पनि दर्ता गराएको छ ।

त्यस्तै, एमालेका अनन्त पौडेलले हेटौँडा उपमहानगरको मेयरमा उम्मेदवारी दिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत ल्याई मेयर जितेका थिए ।

महतले नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतले हराएका थिए ।
माओवादीसँग गठबन्धन गरेको कांग्रेसका पराजुलीले २२ हजार ५०९ मत पाएका थिए ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर उम्मेदवार मधु अधिकारीले ६ हजार ८५७ मत र संघीय समाजवादी फोरमका शुभरत्न गोलेले १ हजार १०६ मत ल्याएका थिए ।

उपमेयरतर्फ एमालेकी मीनाकुमारी लामा २३ हजार ४३७ मतसहित विजयी भइन् । उनले कांग्रेस र माओवादीको गठबन्धन उम्मेदवार बलराम बललाई पराजित गरेकी थिइन् । बलले १७ हजार ११ मत पाएका थिए ।

उपमेयरमै राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत र तत्कालिन नयाँ शक्तिकी पुनम भट्टराईले १ हजार १५३ मत ल्याएका थिए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएसँगै गठबन्धनलाई एामलेको विरासत भत्काउन सजिलो छैन ।

राप्रपा नेपालको साथ पाएपछि एमालेले जीत हासिल आत्मविश्वास प्रस्तुुत गरिरहेको छ ।

हेटौँडामा राप्रपा नेपालले आफ्नो पार्टी नेता, कार्यकर्ता र समर्थकहरुलाई एमालेको सूर्य चिन्हमा मतदान गर्न आह्वान गरिसकेको छ । हेटौँडामा राजेन्द्र लिङ्देनको पार्टीभन्दा कमल थापाको पार्टीको मत बढी रहेका अनुमान गरिएको छ ।

यसरी हेर्दा एमालेको विभाजित मत राप्रपाबाट पूर्ति हुने देखिएको छ ।

अर्कोका तर्फ राप्रपाका प्रभावशाली नेता दीपक सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएकाले नेपालको धेरै भोटसमेत उनैलाई आउने राप्रपाका नेताहरुको दावी छ ।

सत्ता गठबन्धनमा कांग्रेसले मेयर नपाउनु र जसपा गठबन्धनबाट बाहिरिनुले एमालेका उम्मेदवार पौडेललाई सहज हुने धेरैको अनुमान छ ।

कांग्रेसले गठबन्धनको उम्मेदवारलाई अस्वीकार गर्ने बताइसकेको छ ।

यद्यपि मतदाताको संख्यामा पनि वृद्धि, युवा सोचलाई एमालेले कदर गरेको लगायत विषयलाई हेर्दा भने एमालेका उम्मेदवारलाई विजय हासिल हुनसक्ने बताइन्छ ।

तर परिणाम हेर्न भने केही समय पर्खनुुको विकल्प छैन ।