७ कार्तिक २०८३, शनिबार

भरतपुरको मेयरमा एमालेका विजय सुवेदीलाई राप्रपाको साथ, रेणु दाहाललाई भारी पर्नेसक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । भरतपुर महानगरपालिकाका मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई राप्रपाले साथ दिएको छ ।

एमालेलाई राप्रपाले साथ दिने भएसँगै सत्तारुढ गठबन्धनबाट मेयरको दोस्रो कार्यकालका लागि उम्मेदवार बाइएकी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई भारी पर्ने देखिएको छ ।

गठबन्धनको एक्लै सामना गर्न उद्यत एमालेका सुवेदीलाई राप्रपाको साथले जिताउने विश्लेषण हुने थालेको छ ।

अघिल्लो निर्वाचनमा ६ हजार मत कटाएको राप्रपाले यसपटक एमालेको मेयर उम्मेदवार विजय सुवेदीलाई समर्थन गर्दै उपमेयरमा मात्र उम्मेदवारी दिएको छ । उपमेयरमा राप्रपाबाट महिला नेतृ जिल्ला उपाध्यक्ष हिमला गुरुङले उम्मेदारी दिएकी हुन् ।

उनी राप्रपाका कुराना नेतृ हुन् ।

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र रहेको भरतपुर र माडी दुवैमा एमालेलाई मेयरमा सघाएर राप्रपाले उपमेयर लिएको हो ।

माडीको उपमेयरमा राप्रपाबाट मदन पौडेल उम्मेदवार बनेका छन् ।

त्यस्तै, गठबन्धनको निर्णयबाट रुष्ट बनेका कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले पनि भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गत स्थानीय तह निर्वाचनमा ३ सय मतान्तरले पराजित एमालेले यसपालि राप्रपाको साथ लिएर जित्ने दाउमा छ ।

हालकी मेयर दाहाल भने पिता प्रचण्डको दवावमा गठबन्धनले उम्मेदवार बनाएको हो । उनलाई भने आफू दोहोरिन निकै सकस हुने स्थानीय नेताहरु बताउँछन् ।

भरतपुरमा राप्रपाले आफूसँग ८ हजार मत रहेको दावी गरेको छ । हालैमात्र अध्यक्ष राजेन्द्र लिङ्देनसहितको उपस्थितिमा राप्रपाले वृहत् आमसभा गरेको थियो ।