
काठमाडौँ, १३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफ्ना आफन्तहरुलाई विभिन्न महानगरपालिकाका मेयर र उपमेयर बनाउन गठबन्धन गरिएको आरोप लगाएका छन्।
उनले भने, कसैका छोरी, ‘कसैका छोरा र कसैका श्रीमती उम्मेदवार बनाइए भन्ने सुन्छु। कोही आफू अस्त भएपछि भान्साबाट श्रीमतीलाई मैदानमा ल्याएको भन्ने सुन्छु। यो गठबन्धन यसैका लागि हो।’
काठमाडौंको उम्मेदवारमा कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह मेयर, भरतपुर महानगरपालिका मेयरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल र विराटनगरको उपमेयरमा उपेन्द्र यादव पुत्र अमरेन्द्र यादव उपमेयरका उम्मेदवार बनेका छन्।
यस्तै, उनले एमालेमा नातावाद, कृपावाद र गणेश प्रवृत्ति नचल्ने समेत बताए।















प्रतिक्रिया