
काठमाडौं, १३ वैशाख । नवगायक गोबिन्द रानाले सुन कान्छी बोलको लोक पप गीत बजारमा सार्वजनिक गरेका छन् ।
लाल श्रेष्ठको शब्द संगीत अमृत ल्वागुनको एरेन्ज र स्वयम गोबिन्द रानाको आवाजमा रहेको सो गीतमा आफ्नो मन परेको मायालुलाई आफ्नो बनाउन त्यति सहज नहुने कुरा गीतमा देखाउन खोजिएको छ ।
राजु बिरही सापकोटाले निर्देशन गरेको सो भिडियोमा पछिल्लो समयकी चर्चित मोडेल निहारिका थापा र रबिन बराइलीको अभिनय रहेको छ भने कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ ।
सन्तोष तिमिल्सिनाको छायाँकनमा रहेको उक्त भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् भने मिलन फिल्मस प्रालीले बजार ब्यवस्थापन गरेको छ ।















प्रतिक्रिया