सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

आईपीएल क्रिमेट : चेन्नईलाई हराउँदै छैठौं स्थानमा उक्लियो पञ्जाब

दैनिक नेपाल २०७९ वैशाख १३ गते ८:३९

मुम्बई, १३ वैशाख । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्स विजयी भएको छ ।

गएराति पञ्जाबले साविक विजेता चेन्नई सुपर किंग्समाथि ११ रनको जित निकालेको हो । १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १७६ रन मात्र बनाउन सक्यो ।चेन्नईका अम्बाटी रायुडुले ७८ तथा रुतुराज गायकवाडले ३० रन बनाए । बलिङमा पञ्जाबका काशिगो रबाडा र ऋषि धवनले समान २९२ विकेट लिए ।

यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । पञ्जाबका शिखर धवन ८८ रनमा अविजित रहे ।

त्यस्तै भानुका राजापाक्षेले ४२ रन जोडे । चेन्नईका ड्वेन ब्राभोले २ विकेट लिए । जितसँगै ८ खेलबाट ८ अंक जोड्दै पञ्जाब तालिकाको छैठौं स्थानमा उक्लिएको छ । उता समान ८ खेलबाट चार अंक रहेको चेन्नई पुछारबाट दोस्रो स्थानमा छ । आज रोयल च्यालेञ्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीच खेल हुने छ ।

प्रतिक्रिया
सम्बन्धित