२ कार्तिक २०८३, सोमबार

युक्रेनमा हासिल गर्न खोजेको लक्ष्यको खुलासा गरे रुसी कमान्डरले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिणी युक्रेनमाथिको नियन्त्रण तथा डोनबासबाट क्राइमिया अनि निकोलाएभ र ओडेसा हुँदै ट्रान्सनिस्ट्रियासम्मको स्थलमार्ग खोल्नु युक्रेनमा रुसले चलाएको सैन्य कारवाहीको दोस्रो चरणको उद्देश्य रहेको रुसका सैन्य अधिकारीले बताएका छन् ।

सेन्ट्रल मिलिटरी डिस्ट्रिक्टका डेपुटी कमान्डर रुसतम मिन्नेकाएभले यसको घोषणा गरेका हुन् ।

दक्षिणी युक्रेनमा नियन्त्रण कायम गर्दा रुसी सेनालाई ट्रान्सनिस्ट्रिया पुग्न सहज मार्ग उपलब्ध हुने उनले बताए । मोल्दोभामा रहेको ट्रान्सनिस्ट्रियालाई रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएको छ । त्यहाँ रहेका रुसीभाषीहरूमाथि दमन भइरहेको रुसको आरोप छ ।

मिन्नाकाएभको भनाइ सार्वजनिक भएपछि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुस युक्रेनपछि अन्य मुलुकहरूमा पनि आक्रमण गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । –एजेन्सी