सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

आईपीएलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरको लज्जास्पद हार

दैनिक नेपाल २०७९ वैशाख ११ गते ६:५२

काठमाडौं, ११ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले लज्जास्पद हार बेहोरेको छ ।

मुम्बईमा भएको खेलमा बेङ्ग्लोरलाई सनराइजर्स हैदराबादले ९ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्ग्लोरले दिएको ६९ रनको सामान्य लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाएर भेट्टायो । हैदराबादका अविषेक शर्माले ४७ रन बनाए ।

केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे । बेङ्ग्लोरका हर्सल पटेलले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले १६ ओभर १ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो ।

बेङ्ग्लोरका सुयाश प्रभुदेशाईले १५ तथा ग्लेन म्याक्स्वेलले १२ रन जोडे । हैदराबादका मार्को जान्सेन र टि नाटराजनले तीनरतीन विकेट लिए । जगदिश सूचितले दुई विकेट लिए । जितसँगै हैदराबादले ७ खेलमा १० अङ्क जोडेको छ ।

हैदराबाद अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेङ्ग्लोरको ८ खेलमा १० अङ्क छ । बेङ्ग्लोर चौथो स्थानमा छ । हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटन्स् शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित