१० कार्तिक २०८३, मंगलबार

चार वर्षीय बालिकालाई बलात्कार गर्ने एक युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । पर्वतको जलजला गाउँपालिकाबाट चार वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिना ललाई नियन्त्रणमा लिइएको हो।

अभियुक्त छिनालले वैशाख ८ गते साँझ सात बजेको समयमा वारी बेनीकै चार वर्षीय बालिकामाथि बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दियो ।

प्रहरी नियन्त्रणमा रहेका छिना ललाई शुक्रवार करणी सम्बन्धी कसुर अन्तर्गत जबरजस्ती करणी गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।