९ कार्तिक २०८३, सोमबार

भक्तपुर जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष दिपक थापाद्वारा पदभार ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नबनियुक्त भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले पदभार ग्रहण गरेका छन् । शुक्रबार भक्तपुरस्थित कार्यालयमा उनलाई कार्यालय प्रमुख दुर्गा प्रसाद दुलालले स्वागत गरेका थिए ।

बागमती प्रदेश खेलकुद विकास परिषदले थापालाई केही दिन अगाडि अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष थापाले भक्तपुरको खेलकुद विकासका लागि सबैको साथ सहयोगको खाँचो रहेको बताए ।

‘मेरो कार्यकालमा खेल र खेलाडीको विकासको सक्दो प्रयास गर्नेछु अध्यक्ष थापाले भने । लामो समय देखि खेलकुदमा संलग्न रहेर खेलकुदलाइ नजिक बाट बुझेका थापाले भक्तपुरको समग्र खेलाडी र खेललाई नयाँ दिशा तर्फ लाने र राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने बिश्वास लिईएको छ।