
काठमाडौं, १० वैशाख । काठमाडौँको एक होटेलबाट रेडपाण्डाको छाला जस्तो देखिने वस्तुसहित दुई जना जना पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–१ महेन्द्रशालिकस्थित होटेल मिर्चीबाट उनीहरूलाई १ थान छालासहित बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।
रेडपाण्डाको छाला बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया