
वीरगञ्ज, ९ वैशाख । नेकपा एमालेले वीरगञ्ज महानगरपालिका कमिटीले स्थानीय तहको निर्वाचनका लागि चुनावी प्रतिबद्धता पत्र जारी गरेको छ ।
शुक्रबार नेकपा एमालेबाट मेयर उम्मेदवारमा सिफारिस भएका विजय सरावगीले पत्रकार सम्मेलनमार्फत प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उनले यो आफ्नो मात्र नभई पार्टीको प्रतिबद्धता पत्र भएको बताए ।
उनले यही प्रतिबद्धता पत्रलाई स्थानीय, प्रदेश र केन्द्रबाट संसाधन जुटाएर अधिकतम काम पूरा गर्न प्रयास गर्ने बताए ।
सरावगीले वीरगञ्जमा एक्लै लडेर भएपनि वीरगञ्जमा विकासको कार्य अघि बढाएको बताए । ‘सरावगीले तत्कालीन पार्टीबाट असहयोग भए पनि विकासको काम अघि बढाएका छन्,’ उनले भने ‘अब नेकपा एमालेसँग भिजन र योजना छ, काम गर्ने मान्छे महानगर प्रमुख आइसकेका छन् । विकासको गति बढ्छ ।’
‘विकास र समृद्धिको एक मात्र आधार, वीरगञ्ज महानगरमा एमालेको सरकार’ भन्ने नारा दिइएको प्रतिबद्धता पत्रमा शिक्षा, जन स्वास्थ्य, पूर्वाधार, युवा सशक्तिकरण/खेलकुद, सुशासन, पर्यटन प्रवर्द्धन, कृषि/सहकारी, सामाजिक जागरण, निजी क्षेत्रसँग साझेदारी, भाषा साहित्य/कला र सांस्कृति, स्वच्छ सुन्दर महानगर बनाउन गरिने क्रियाकलापसहित ११ वटा मुख्य विषयबस्तु छन् ।
यस्तो छ घोषणापत्रको पूर्णपाठः















प्रतिक्रिया