
धनगढी, ९ वैशाख । शीर्ष नेताहरुले बालुवाटारमा गरेको सहमति स्थानीय तहमा छताछुल्ल हुने क्रम जारी छ ।
यसै क्रममा सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा एकल उम्मेदवारी दिने भएको छ ।
सुदूरपश्चिमका ८८ पालिकासहित सम्पूर्ण वडामा एकल उम्मेदवारी दिने नेकपा एसले जनाएको छ ।
पार्टीले मातहतक कमिटीलाई सर्कुलर समेत जारी गरिसकेको छ ।
समाजवादीले यस्तो निर्णय लिएपछि कांग्रेस भने झस्किएको छ । गठबन्धनको केन्द्रीय नेतृत्वले भने सुदूरपश्चिमको एकमात्र उपमहानगरमा कांग्रेसलाई प्रमुख र उपप्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ ।
वडाहरुमा समाजवादीलाई दिने भने पनि नेकपा एसले असन्तुष्टि जनाउँदै एकल उम्मेदवारीको तयारी गरेको हो ।















प्रतिक्रिया