
काठमाडौँ, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले नेपाली जनताको अनुहारमा गरिबीको रेखा देख्न नसक्ने बताएका छन् ।
शुक्रबार कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवस तथा घोषणापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले सुखी नेपाली जनता बनाउन चाहेको बताए । उनले सरकारमा रहेर काम गर्नु ठूलो कुरा भए पनि त्यो भन्दा ठूलो कुरा एमाले नेपाली जनताको मनमा बस्न सफल हुनु रहेको बताए ।
आज विश्वभर जहाँ जहाँ नेपाली भएपनि त्यहाँ एमाले रहेको ओलीको भनाइ छ ।
जनताको मन मनमा एमाले बसेको र यो निकै ठूलो कुरा भएको ओलीले बताए ।















प्रतिक्रिया