१० कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

8An’Prcf]sf dxflgb]{zs 8f 6]8«f]; g]kfndf
sf7df8f}F, ( j}zfv M k|wfgdGqL z]/axfb’/ b]pjf;Fu ljZj :jf:Yo ;ªu7g -8An’Prcf]_sf dxflgb]{zs 8f 6]8«f]; cwfgf]d u]a|]o;; z’qmaf/ k|wfgdGqL lgjf; afn’jf6f/df lzi6frf/ e]6jftf{ ub}{ . t:jL/ M /f]zg ;fksf]6f

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्लुएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकामा उहाँप्रति आभार पनि व्यक्त गर्नुभयो ।

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो । महानिर्देशक डा टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताउनुभएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा टेड्रोसले तीन दिने भ्रमणमा बिहीबार नेपाल आउनुभएको थियो । नेपाल भ्रमणमा रहँँदा आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले भेटवार्ता गर्नुभयो ।–रासस