
पर्वत, ९ वैशाख । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका-४ सुर्केमेला घर भएका २१ वर्षीय सन्देश छिनाललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी बारिबेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया