
काठमाडौं, ९ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा उमेदवारका आकांक्षीहरु देशैभर बढिरहेका छन् ।
दलहरुले आफना विधि र पद्धति अनुसार उमेदवार छानिरहेका छन् भने सार्वजनिक रुपमा लोकप्रिय मानिसहरुले स्वतन्त्र उमेदवारी पनि दिएका छन् । यसै सन्र्दभमा काठमाडौंको मेयरको उमेदवार को हुने भन्ने विषयमा नेपाली काँग्रेसमा ठूलै रडाको देखिन्छ ।
काठमाडौं महानगरमा वडाहरुबाट सिफारिसमा परेकाहरुसँग कुनै छलफललै नगरी नगर समितिले बागमती प्रदेश समितिमा एकलौटी नाम सिफारिस गरेको भन्दै युवा नेताहरुले कडा आपत्ति जनाएका छन् । त्यसरी आपत्ति जनाउनेहरुमा काँग्रेस क्रियाशील सदस्य एवम् युवा नेताहरु बावुराम आचार्य र सागर भट्टराइसहित अरु पनि रहेका छन् ।
उनीहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै काठमाण्डौका वडाहरुबाट १७ जना विधिसम्मत मेयरका लागि सिफारिसमा भएका हुन् । उनीहरुसँग कुनै छलफलै नगरी ५ जनाको नाम एकलौटी प्रदेश समितिमा सिफारिस गरिनु आपत्तिजनक रहेको बताएका छन् ।
नेविसंघका पूर्वनेता तथा काँग्रेस क्रियाशील सदस्य सागर भटराई र युवा नेता बावुराम आचार्यलाई काठमाडौं महानगरपालिकामा मेयरका लागि १० नं वडाले सिफारिस गरेको थियो । भटराई र आचार्य विगत २ दशकदेखि काठमाडौं केन्द्रित रहेर काँग्रेस राजनीतिमा क्रियाशील छन् ।
नेपाली काँग्रेसको काठमाडौं नगर समितिले वुधबार नीलकाजी शाक्य, र्सिजना सिंह, हरिप्रभा खड्गी, ई. शुसन वैद्य र प्रगतीमान शाक्यको नाम बागमति प्रदेश समितिलाई सिफारिस गरेको थियो ।















प्रतिक्रिया