६ कार्तिक २०८३, शुक्रबार

आजदेखि एसईई, २००७ परीक्षा केन्द्रबाट पाँच लाख १५ हजारले परीक्षा दिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ ।

भौतिक रूपमा दुई वर्षपछि हुन लागेको यो परीक्षामा २ हजार ७ वटा परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ७६० जना परीक्षार्थीले परीक्षा दिँदैछन् । विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन । दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई उत्तीर्ण गराइएको थियो ।

यो वर्ष नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार यस वर्षको एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने छन् ।

आजदेखि शुरू हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुने छ ।