१० कार्तिक २०८३, मंगलबार

एकीकृत समाजवादीका बैतडी मेलौली नगर कमिटी अध्यक्षसहितको टोली एमालेमा समाहित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । नेकपा (एकीकृत समाजवादी)का बैतडीको मेलौली नगर कमिटी अध्यक्ष भीमदत्त भट्ट एमालेमै फर्किएका छन् ।

उनलाई बिहीबार एमाले पार्टी कार्यालयमा स्वागत गरिएको नेकपा एमाले बैतडीले जनाएको छ ।

भट्टले एक विज्ञप्ति जारी गर्दै माधव नेपाल नेतृत्वको समाजवादी अवसरवादमा फसेकोले आफू एमालेमै फर्किएको बताए ।

भट्टसँगै मलौली नगर कमिटीका ९ जना र वडा नं. ९ विशालपुरको पुरै वडा कमिटी एमालेमा समाहित भएको हो ।

उनीहरुलाई एमाले बैतडीका इन्चार्ज पुरनसिंह दयाल, सहइन्चार्ज लीलाधर भट्टलगायत नेता–कार्यकर्ताले पार्टीमा स्वागत गरेका छन् ।